पल र पूजा बने सर्वोकृष्ट नायक नायिका

न्युजलय २९ चैत २०७८, मङ्गलबार ०१:५४ मा प्रकाशित

काठमाडौं । अभिनेता पल शाहले सर्वोकृष्ट नायकको उपाधि जितेका छन् । चलचित्र विकास बोर्डमा सोमबार एक कार्यक्रमको आयोजना गरि अभिनेता पललाई सार्वोकृष्ट नायकको उपाधि दिइएको हो ।


बक्स अफिस फिल्म अवार्डमा पल सर्वोत्कृष्ट नायक ठहरिएका हुन् । त्यस्तै सर्वोकृष्ट नायिकाको उपाधि नायिका पूजा शर्मा र सर्वोकृष्ट निर्देशकको सुदर्शन थापाले जितेका छन् । उनीहरुले ‘म यस्तो गीत गाउँछु २’ बाट सर्वोत्कृष्ट नायक, नायिका र निर्देशकको अवार्ड जितेका हुन् ।


त्यस्तैगरी वर्षको उत्कृष्ट चलचित्र पनि ‘म यस्तो गीत गाउँछु २’ नै घोषित भएको छ। नायक पल शाह हाल नाबालिका बलात्कार आरोपमा हिरासतमा रहेका छन् ।