इलाममा पराल बोकेको गाडीमा आगजनी

न्युजलय ३१ मङ्सिर २०८०, आइतबार ११:२८ मा प्रकाशित

इलाम । पहिचान पक्षधर बन्दकर्ताले इलामको रोङ गाउँपालिका–४ किटेनीमा पराल बोकेको गाडीमा आगजनी गरेका छन् ।

झापाबाट पराल लिएर आएको मे १ ज ११४० नम्बरको पिकअपलाई बन्दमा कुदाएको भन्दै शनिबार साँझ बन्दकर्ताले रोकेर आगजनी गरेका हुन् ।

बन्दकर्ताले आगो लगाउदा पिकअप पूर्ण रुपमा जलेको छ । बन्दकर्ताले चालकलाई ओरालेर पिकअपमा आगो लगाएको बताइएको छ।