‘कमेडी नाइट विथ च्याम्पियन्स’ चैत १९ देखि आउने

न्युजलय १२ चैत २०८१, बुधबार १२:४२ मा प्रकाशित

काठमाडौँ । टेलिभिजन कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ चैत १९ गतेदेखि प्रसारणमा आउने भएको छ। 

शोको मंगलबार ट्रेलर ल्याउँदै आउँदो मंगलबारदेखि शो प्रसारणमा आउने जानकारी दिइएको हो। 

शोमा पहिलो अतिथिका रूपमा अभिनेताहरू दीपकराज गिरी र जितु नेपाल छन्। अभिनेत्री तथा निर्देशक दीपाश्री यो शोमा अध्यक्ष छिन्। 

शोका निर्देशक विशाल भण्डारी हुन्। यसपटक उनी होस्टका रूपमा पनि छन्। 

शोमा सुमन कार्की, साजन श्रेष्ठ, भरतमणि पौडेल, सुमन कोइराला, कैलाश कार्की, म्याक्सम गौडेल, प्रभात लामा, पवन भट्टराई र सन्तोष थापाको प्रस्तुति रहनेछ। शोको निर्माता कम्पनी थ्री प्रोडक्सन प्रालि हो।

शो हिमालय टिभीमा हरेक मंगलबार राति ८ बजे र युट्युबमा ओएसआर रियालिटी च्यानलमा ९ बजे स्ट्रिमिङ हुनेछ।