विराटनगरबाट शनिबार बिहानैदेखि उडान सुरु

न्युजलय ६ कार्तिक २०७८, शनिवार ०२:२४ मा प्रकाशित

काठमाडौं । तीन दिनदेखि बन्द विराटनगर विमानस्थल शनिबार बिहानदेखि सञ्चालनमा आएको छ ।

दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल सञ्चालनमा आएको हो । बाढीले विमानस्थल डुबाएपछि उडान प्रभावित बनेको थियो ।

उडान तालिका बिहानदेखि साँझ पाँच बजेसम्म मात्र हुने भएको छ । उपकरणहरुको जाँच बाँकी रहेका कारण रात्रिकालीन उडान भने तत्काल नहुने भएको छ ।