काठमाडौँ । बुधबार(आज) सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको हो ।
मंगलबार छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ७०० रुपैयाँ रहेको थियो भने आज ९७ हजार ३०० रुपैयाँमा कारोबार हुनेछ ।
त्यस्तै, यसअघि प्रतितोला ९७ हजार २०० रुपैयाँ रहेको तेजावी सुनको भाउ आज घटेर ९६ हजार ८०० रुपैयाँमा झरेको छ ।
यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला एक हजार २६५ रुपैयाँ रहेको चाँदीको भाउ आज घटेर एक हजार २५५ रुपैयाँमा झरेको हो ।