गायक विपुल क्षेत्री बने ग्रामीको सदस्य

न्युजलय १६ असार २०७९, बिहिबार ०३:०० मा प्रकाशित

काठमाडौं । गायक विपुल क्षेत्री विश्व प्रतिष्ठित संगीत अवार्ड ग्रामीको सदस्यमा मनोनित भएका छन् । रेकर्डिङ एकेडमीले क्षेत्रीलाई भोटिङ अधिकारसहित सदस्यतामा मनोनित गरेको हो । जसको जानकारी गायक क्षेत्रीले सामाजिक संजाल मार्फत दिएका छन् ।

 

एकेडमीले क्षेत्रीलाई यसै साता सदस्य बन्न निम्तो समेत दिएको छ । जसलाई स्वीकारेको उनले बताएका छन् । 


भारतको कालिम्पोङमा जन्मिएका क्षेत्रीले २०१४ बाट गायन करिअर थालेका थिए । उनका गहिरो गहिरो, आशिष, टिस्टा लगायतका गीत हिट मानिएका छन् ।