काठमाडौं । बुहप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’ भारतका १५ सय हलमा रिलिज हुने भएको छ । भारतमा ‘विश्वजितम’को नामबाट प्रदर्शन हुने फिल्मलाई भारतभर १५ सय हलमा प्रदर्शन गरिने फिल्म निर्माण पक्षले जनाएको छ।
भारतका नाम चलेका भ्वाइस आर्टिस्टहरुबाट फिल्मलाई हिन्दीमा डबिङ पनि गराइएको थियो । भारतमा फिल्मको प्रदर्शनलाई लिएर गर्नुपर्ने काम सकेसँगै फिल्मको निर्माण पक्ष हाल नेपालमा प्रचारप्रसारका लागि खटिरहेको छ।
दुई सय वर्षअघिको प्रेम कथालाई समेटिएको फिल्ममा प्रदीप सेन, कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, सन्तोष सेन, माओत्से गुरुङ, प्रेम पुरी, मनिष राउतलगायतका कलाकारहरुले अभिनय गरेका छ।
फिल्म असोज ७ गतेबाट प्रदर्शनमा आउनेछ।