काठमाडौँ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले विवाह गरेकी छन्।
उनले ३७ वर्षको उमेरमा प्रेमी जहीर इकबालसँग विवाह गरेकी हुन्।
भारतीय सञ्चार माध्यमका अनुसार उनीहरूले नजिकको आफन्त र साथीभाइको उपस्थितमा आइतबार विवाह गरेका हुन्। विवाहपछि सोनाक्षीले सामाजिक सञ्चालमा केही तस्बिर सार्वजनिक गरेकी छन्।
सोनाक्षीका प्रेमी जाहिर व्यापारी हुन्। जाहिरले सन् २०१९ मा फिल्म ‘नोटबुक’ बाट अभिनयमा पनि डेब्यू गरेका थिए।