काठमाडौं । मंगलबार ४.६४ अंकले घटेर नेप्से २६९६ अंकमा झरेको छ ।
दिनभर बजार उतारचढावमै रह्यो । आज कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४२ करोडको कारोबार भएको छ ।
आज ९९ कम्पनीको मूल्य बढ्दा १६५ को घट्यो भने १३ को स्थिर रह्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । चार समूहगत सूचक बढे ।