नेप्से ४.२८ अंकले घट्यो

न्युजलय १६ मङ्सिर २०८२, सोमबार ०३:५१ मा प्रकाशित

काठमाडौं । आज नेप्से परिसूचक घटेको छ ।

सोमबार नेप्से परिसूचक ४.२८ अंक घटेर २६४५.२४ विन्दुमा झरेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.७२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७६ अंक घटेको छ ।

आइतबार ७ अर्ब ८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज कुल ३२५ स्टकको ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ६० हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

यसदिन १३ उपसमूहमध्ये आज ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । आज विकास बैंक, वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक सामान्य अंक बढेको हो ।