इन्डोनेसियामा बाढीपहिरोका कारण २१ जनाको मृत्यु

न्युजलय १० माघ २०८१, बिहिबार ०१:४६ मा प्रकाशित

काठमाडौँ । इन्डोनेसियाको मुख्य टापु जाभामा गत सोमबार आएको बाढीपहिरोका कारण २१ जनाको मृत्यु भएको छ । 

सोमबारको भारी वर्षापछि सेन्ट्रल जाभा प्रान्तको पेकालोंगान क्षेत्रमा रहेका नौ गाउँहरूमा बाढी पसेको थियो । त्यस्तै पहाडको तल रहेका गाउँहरूमा पहिरो खसेको थियो ।

इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सीका प्रवक्ताका अनुसार बाढीका कारण पहिरो गएर पेटुंगक्रियोनो रिसोर्ट क्षेत्रको दुई वटा घर र एउटा क्याफे पुरिएको थियो । बाढीपहिरोले २५ वटा घर, एउटा बाँध र गाउँहरू जोड्ने तीन वटा पुलहरू नष्ट भएको थियो ।