ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाका सवइञ्जिनियर मो. अख्तर हुसैनलाई एक लाख घुससहित पक्राउ गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा इटहरीबाट टोली खटिएको र घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
इन्जिनियर हुसैनले फुङलिङ नगरपालिका २ तारेबुङ क्षेत्रमा निर्माणाधीन रङ्गशालाको कामबाट रकम मागेको निर्माण ब्यवसायी विरवहादुर तामाङले बताए।
आफूले ठेक्का मार्फत गरेको काम सम्पन्न भएपछि हुसैनले लगातार पैसा मागेपछि अख्तियारमा खबर गरेको उनले बताए ।