आईपीएलमा मुम्बईको लगातार आठौँ हार

न्युजलय १२ बैशाख २०७९, सोमबार ०१:०० मा प्रकाशित

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार आठौँ हार बेहोरेको छ । गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बईलाई ३६ रनले पराजित गरेसँगै मुम्बईले लगातार आठौँ हार बेहोरेको हो ।


लखनउले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि कप्तान रोहित शर्माले ३९ रन बनाए भने तिलक बर्माले ३८ र केइरन पोलार्डले १९ रन जोडे ।


लखनउका कुर्नाल पाण्डेयले ३ तथा आयुष बाडोनी, रवि बोस्नाई, जासन होल्डर र मोशिन खानले १र१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन जोडेको थियो । लखनउका कप्तान केएल राहुलले १ सय ३ रनको शतकीय पारी खेले ।


यस्तै, मनिष पाण्डेले २२, आयुष बाडोनीले १४ तथा क्विनटन डी कक र दीपक होडाले १०र१० रन बनाए । मुम्बईका लागि केइरन पोलार्ड र रिले मेरेडिथले २र२ विकेट लिए भने ड्यानियल साम्स् र जसप्रित बुम्राहले एकरएक विकेट लिए ।


जितसँगै नवप्रवेशी टोली लखनउले ८ खेलमा १० अङ्क जोडेको छ । मुम्बई भने ८ खेलमा अङ्कविहीन रहँदै पुछारमा रहेको छ ।