काठमाण्डौ । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षका लागि ५.८ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको छ ।
चालु आर्थिक वर्षको वार्षिक बजेटमार्फत सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको थियो ।
तर त्यसलाई १.२ प्रतिशत बिन्दुले घटाएर ५.८ प्रतिशत मात्रै रहने अनुमान विभागले सार्वजनिक गरेको हो ।
चालु आर्थिक वर्षका लागि प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १ हजार ३७२ अमेरिकी डलर र प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ३८१ अमेरिकी डलर बराबर रहेको छ ।
आर्थिक वर्ष २०७८/७९ को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै उक्त वृद्धिदर हासिल हुने जनाएको हो ।
चालु आर्थिक वर्षको ९ महिना अवधिको यथार्थ तथ्यांक र बाँकी तीन महिनाको अनुमानका आधारमा यो तथ्यांक सार्वजनिक गरेको विभागले जनाएको छ ।