इटहरी । होटल तथा लज ब्यवसायी समितीले इटहरीमा दहि चिउरा तथा स्ट्रिट फुड फेस्टिभलको आयोजना गरेको छ । असार १४ गतेदेखि सुरु भएको फेस्टिभल १५ गतेसम्म चल्नेछ ।
पर्यटन प्रबद्र्धन गर्ने, कृषि कार्य र खाना संस्कृतिको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समितिका अध्यक्ष उमेश दाहालले जानकारी दिए । कार्यक्रमको पहिलो दिन इटहरीको आइतबारेमा कार्यक्रम गरिएको छ भने शनिबार वडा नं. १८ मा धान रोपाइसँगै कार्यक्रम गरिने जनाइएको छ ।
कार्यक्रममा पाँच हजार मानिसले अवलोकन गर्ने समेत उनले बताए । कार्यक्रममा सहभागिहरुलाई निःशुल्क दहिचिउरा वितरण गरिने कार्यक्रम संयोजक तथा जिल्ला होटल तथा पर्यटन व्यवशायी संघका अध्यक्ष तेजबहादुर पुरीले जानकारी दिए ।
यस्तो कार्यक्रमले नेपालको मौलिक परिकारको प्रबद्र्धन हुने र दुग्ध तथा धान उत्पादनमा सहभागि कृषकहरुलाईसमेत प्रोत्साहन पुग्ने होटल व्यवसायी महासंघका उपाध्यक्ष देवी गौतम (रविन) ले बताए ।
उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश पर्यटन तथा नागरिक उड्डयन उपसमिति संयोजक भविश श्रेष्ठले पर्यटकको आवागमन बढाउन यस्ता कार्यक्रम सहयोगी हुने बताए ।