काठमाण्डौ । सोमबार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार १०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ९०० मा कारोबार भएको सुन आज प्रतितोला २०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ४०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २९० तोकिएको महासंघले जनाएको छ ।