मध्यभोटेकोशीको आईपीओ असोज २० गतेबाट

न्युजलय १९ असोज २०७८, मङ्गलबार ०४:२० मा प्रकाशित

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले सर्बसाधारणलाई असोज २० गतेदेखि आईपिओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्बसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले आयोजना जिल्ला सिन्धुपाल्चोक र आयोजनाको प्रभाव क्षेत्रका स्थानीयलाई आईपीओ निष्कासन गरेर आजै बाँडफाड गरिसकेको छ ।

कम्पनीको आईपीओमा असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डबाट सि–आश्वास अनुमति लिएको बैक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आईपीओमा लगानी गर्न सकिनेछ ।

नेपाल विद्युत प्राधिकरणबाट प्रवद्र्धित चिलिमेको सहायक कम्पनी मध्ये भोटेकोशीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।