काठमाडौं । साउदी अरब सरकारले ३३ जना नेपाली कैदीको सजाय माफ गरिदएको छ ।
रमजानको अवसरमा उनीहरूको सजाय माफ गरिदिएको जानकारी दिँदै परराष्ट्र मन्त्रालयले साउदी अरब सरकारप्रति आभार व्यक्त गरेको छ।
मन्त्रालयका अनुसार रियादस्थित नेपाली राजदूतावासमार्फत नेपाल सरकारले गरेको अनुरोधका आधारमा साउदी सरकारले माफी प्रदान गरेको हो।
साउदी अरबको कानूनी प्रक्रिया पूरा भएपछि माफी पाएका ३३ जना नेपाली कैदीबन्दी स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।