श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको गरे हत्या

न्युजलय २२ चैत २०८०, बिहिबार ०१:३४ मा प्रकाशित

झापा । झापाको बाह्रदशी–१ मा बिहीबार (आज) बिहान श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

३३ वर्षीय देवनारायण राजवंशीले आफ्नै श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेका हुन् । घाँटीमा खुकुरी प्रहार गरी उनको हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनापछि खुकुरीसहित राजवंशीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । राजवंशी वैदेशिक रोजगारीका लागि ओमन गएका थिए । उनी चार दिनअघि मात्र घर आएका थिए ।

श्रीमती अर्कै व्यक्तिसँग लागेको विषयमा विवाद भइ राजवंशीले खुकुरी प्रहार गरेको हुनसक्ने आशङ्का गरिएको छ । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको छ ।