सल्यान । सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको घटना स्थलमै मृत्यु भएको छ ।
दाङ तुलसीपुरबाट रोल्पा जाँदै गरेको रा १ ख ८,३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभि प्रसारण लाईनको विद्युतको पोल सर्पोटको लाछि छेउमा गाडिएको तारमा छोईदा करेन्ट लागेर दुई जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।
मृतक दुई जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यलय सल्यानले जानकारी दिएको छ । बसमा १८, २० जना सवार रहेकोमा २ जनाको मृत्यु र एक जना घाईते भएका छन भने अन्य यात्रु सकुशल रहेको छन् ।
घाईतेलाई उपचारको लागि कपुरकोट पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ ।