काठमाण्डौ । फिफाले सन् २०२२ को विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सको खराब स्वभावपछि अनुशासनात्मक कारबाही सुरु गरेको छ।
दुवै पक्षका बिच प्रतिश्पर्धात्मक खेलका क्रममा भिडन्त भएका थिए । पेनाल्टीमा अर्जेन्टिनाले पराजित गर्नु अघि डचहरू २–० गोलले पछाडी रहेकोमा पछि दुई गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्याएका थिए ।
स्पेनिस रेफ्री एन्टोनियो माटेउ लाहोजले खेलमा १८ पहेँलो कार्ड देखाएका थिए । यो विश्वकपको इतिहासमा सर्वाधिक पहेँलो कार्ड रहँदै रेकर्ड बनेको छ ।
डच राइट ब्याक डेन्जेल डम्फ्रिजलाई दुईवटा पहेँलो कार्ड पाउँदै खेलको अतिरिक्त समयको अन्त्य अन्त्यमा मैदान छाड्नु परेको थियो ।
फिफाले आफ्नो अनुशासन समितिले अनुच्छेद १२ (खेलाडी र अधिकारीहरूको दुव्र्यवहार) र अनुच्छेद १६ मा (खेलहरूमा क्रम सुरक्षा) को सम्भावित उल्लङ्घनको कारणले अर्जेन्टिना विरुद्ध कार्यवाही सुरु गरेको बताएको छ।