गतिशील शैक्षिक समुहले सञ्चालनमा ल्यायो इ–लाइब्रेरी र गतिशील फर्स्ट

न्युजलय २३ जेठ २०८१, बुधबार ०८:५४ मा प्रकाशित

इटहरी । गतिशील शैक्षिक समुहको व्यवस्थापनमा इटहरीमा इ–लाइब्रेरी सँगै कम्प्युटरका सामग्रीहरूको बिक्री कक्ष ‘गतिशील फर्स्ट’ संञ्चालनमा आएको छ ।


पुस्तक व्यवसायमा छुट्टै पहिचान बनाएर सफलता हात पारेको गतिशिल शैक्षिक समूहले एक कार्यक्रमको आयोजना गर्दै सेवा संञ्चालनमा ल्याएको हो । इटहरीको पश्चिम लाइनमा पेट्रोल पम्प नजिकै नयाँ व्यवशाय सुरु गरेको संस्थाका अध्यक्ष तथा इटहरीका पुस्तक व्यवशायी तीर्थ भण्डारीले जानकारी दिए । उनले विद्यार्थीहरुमा पढ्ने संस्कृतिको विकास गर्न र विश्वस्तरका पुस्तकसम्म पहुँच पुर्याउन इ लाइब्रेरी सञ्चालनमा ल्याएको भण्डारीले बताए । भण्डारीले अहिले इटहरीको पश्चिम लाइनमा मकालु पुस्तक पसल सञ्चालन गरिरहेका छन् । 


उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा कस्तुरी कलेजका प्राचार्य प्रेम प्रसाद न्यौपानेले शिक्षा क्षेत्रमा गतिशिल शैक्षिक समूहले पुर्याएको योग्दानको प्रशंसा गरेका थिए । उनले आफु लामो समयदेखि शिक्षाको क्षेत्रमा कार्यरत रहेर काम गरेको अनुभव सुनाउँदै अहिलेका विद्यार्थीहरुलाई प्रविधिको विकासले अध्ययन अध्यापनमा सहज बनाएको बताए । शैक्षिक विकाशमा गतिशील शैक्षिक समुहले एउटा इटा थपेको टिप्पणी गरे ।


स्थापनाको छोटो समयमै कोशी प्रदेश लगायत नेपालका बिकट गाउँका विद्यालयहरुमा आवश्यक पाठ्य पुस्तकहरू उपलब्ध गराएर महत्त्वपूर्ण योग्दान दिएको दिएको भन्दै शिक्षाविद् लेखनाथ घिमिरेले गतिशिल शैक्षिक समूहको प्रसंसा गरे ।


कार्यक्रममा इटहरीभित्र रहेका सामुदायिक विद्यालयका उत्कृष्ट नतिजा ल्याउने १० जना बिद्यार्थीहरूलाइ पुरस्कार प्रदान गरिएको थियो ।


कार्यक्रममा इटहरी जेशीजका संस्थापक किशोर भण्डारी, मन्टेस्वरी सामग्री उत्पादक तीर्थ रिमाल, विभिन्न सामुदायिक विद्यालयका शिक्षक एवम् विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।