महिला साफ च्याम्पियनसिप खेल्न नेपाली टोली आज बंगलादेश जाँदै

न्युजलय १२ कार्तिक २०७९, शनिवार ०१:५० मा प्रकाशित

काठमाडौं । १५ वर्षमुनिको महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोली शनिबार बंगलादेश जाँदैछ। 


बंगलादेश जाने टोलीलाई शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाइ गरेको छ। बंगलादेशमा आयोजना हुने १५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ।


प्रतियोगितामा नेपाल, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्नेछन्। नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती राना मगरले प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीको घोषणा गरिसकेकी छिन्।