इटहरीमा बालबालिकालाई प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

न्युजलय ७ जेठ २०८१, सोमबार ०८:२६ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकाकी उपमेयर संगिता चौधरीले बालबालिकालाई अझ शशक्त बनाउन उपमहानगरपालिका लागिपरेको बताएकी छिन् । 


इटहरीमा सम्पन्न भएको एकहप्ते बालअधिकार तथा बाल शशक्तिकरण, बालमैत्री सुशासनसम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर चौधरीले इटहरी उपमहानगरपालिकालाई बालमैत्री नगर बनाउने अभियानस्वरुप अघि बढेको बताइन् । त्यसको लागि बालबालिकाको क्षमता विकास, सुरक्षालगायतका विभिन्न पक्षको व्यवस्थापनमा पालिका सक्रिय रहेको बताइन् । 


उपमेयर चौधरीले सबै वडामा बाल सञ्जाल गठन गर्ने भन्दै यसले बालबालिकालाई अझै शशक्त बनाउने बताइन् । 


समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई उपमेयर संगिता चौधरी र सामाजिक शाखा अधिकृत नेत्र न्यौपानेले संयुक्त रुपमा प्रमाण पत्र वितरण गरेका थिए । 


इटहरी उपमहानगरपालिकाको सहयोगमा गरिएको तालिम नेप्ली मिडिया प्रा.लि.ले आयोजना गरेको हो । तालिमका सहभागीहरुलाई लिलाराज भट्टराई, मेघराज न्यौपाने, जयकृष्ण यादव र  हिमाल दाहालले सहजिकरण गरेका थिए । तालिम संयोजक त्रिलोचन पौडेलको सभापतीत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।