काठमाडौँ । मंगलबार(आज) सेयर बजार ५१ अंकले बढेको छ । बजारको परिसूचक नेप्से ५१.३१ ले बढेर १९४२ अंकमा कायम भएको छ ।
यसअघि सोमबार ८ अंकले नेप्से बढेको थियो । कुल २१९ कम्पनीको मूल्य बढ्दा २ को घट्यो भने १ को स्थिर रहृयो ।
यस दिन कारोबार रकम २ अर्ब २० करोड पुगेको छ । यसअघि सोमबार कुल १ अर्ब २७ करोडको कारोबार भएको थियो ।
सेयर बजारका सबै उपसमूह बढेका छन् । बैंकिङ २१, विकास बैंक ८२, फाइनान्स ४९, होटल तथा पर्यटन १२८, जलविद्युत् ६४, जीवन बीमा ३६५, उत्पादन १८३, माइक्रोफाइनान्स १३७, निर्जीवन बीमा ३५५, व्यापार ८० र अन्य उपसमूह ३१ अंक बढे ।
धेरै मूल्य बढ्ने कम्पनीमा कालिका लघुवित्त, खप्तड लघुवित्त, आत्मनिर्भर लघुवित्त र सामुदायिक लघुवित्त रहे । यी सबै कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।
रिभर फल्स पावर र अजोड इन्स्योरेन्सको मूल्य ८ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, एनआईसी एसिया बैंक, हिमालयन एभरेस्ट इन्स्योरेन्स र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।