सम्पर्कविहीन बनेका बेलबारीका एक नाबालकको शव नहरमा भेटियो

न्युजलय ३१ जेठ २०८१, बिहिबार ०१:५३ मा प्रकाशित

विराटनगर । घरबाटै सम्पर्कविहीन बनेका एक जना नाबालकको शव मोरङको बेलबारी नगरपालिका–६ स्थित नहरमा भेटिएको छ । 

प्रहरीका अनुसार बेलबारी–६ का विनोद वनका ६ वर्षीय छोरा विवश वनको शव बिहीबार बिहान भेटिएको हो । विवश बुधबार साँझदेखि सम्पर्कविहीन बनेका थिए । 

खोजी गर्दा पनि फेला नपरेपछि अभिभावकले प्रहरीलाई घटनाको जानकारी गराएका थिए । प्रहरीसहितको टोलीले खोजतलास गर्ने क्रममा घरनजिक रहेको नहरको पानीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो । 

शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगिएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।