सुनसरीको धानखेतमा हेलिकप्टरको आकस्मिक अवतरण

न्युजलय ३१ असोज २०७८, आइतबार ०८:०५ मा प्रकाशित

इनरुवा । शनिबार राती सुनसरीको इनरुवामा हेलिकप्टरले आकस्मिक अवतरण गरेको छ । काठमाण्डौंबाट बिराटनगरकालागि उडेको फिस्टेल एयरको हेलिकप्टर इनरुवाको सखुवागाछी भन्ने ठाउँमा धानखेतमा अवतरण गरेको हो ।

प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कार्कीकाअनुसार हेलिकप्टरमा चालक दलका सदस्य सहित सवार सबै ४ जना सकुशल छन् । निर्धारित समयभित्र विराटनगर एयरपोर्ट पुग्न नसक्दा विराटनगर एअरपोर्टले ल्याण्ड गर्ने अनुमती नदिँदा उक्त हेलिकप्टर इनरुवामा ल्याण्ड भएको हो । एयर ट्राफिक कन्ट्रोलको “जहाँ छ त्यहीँ अवतरण गर्नु” भन्ने निर्देशन बमोजिम पाइलटले सखुवागाछीमा हेलिकप्टर अवतरण गराएको प्रहरीको भनाई छ ।

धानखेतमा ल्याण्ड भएको हेलिकप्टर अहिले भने चौरमा सारिएको छ । हेलिकप्टर मनोज भेटवालले चार्टर गरेर ल्याएको प्रहरीले जनाएको छ ।