झापाका न्यौपानेको कोरियामा सुतेकै अवस्थामा मृत्यु

न्युजलय १३ पुस २०८०, शुक्रबार ११:३८ मा प्रकाशित

झापा । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका झापा बुद्धशान्तिका एक युवकको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका– ३ स्थित कञ्चनवारि का ३० वर्षीय पदम  सुतेकै अवस्थामा मृत भेटिएको बताइएको छ । 

मृत्युको कारण भने खुलेको छैन । न्यौपाने  दक्षिण कोरियाको बुसानस्थित मिर्यांग्सी कम्पनीमा कार्यरत थिए । उनी पाँच वर्षअघि इपिएस कामदारको रुपमा दक्षिण कोरिया गएका थिए । 

एक वर्षअघि बिदा लिएर घर आएका उनी फेरि रोजगारीका लागि कोरिया फर्किएका थिए ।