इटहरी । इटहरीस्थित इटहरी इन्टरनेसनल कलेजका २ सय जना विद्यार्थी दीक्षित भएका छन् ।
स्नातक तह अन्तर्गत बीएससी (अनर्स) कम्प्युटिङका १५२ जना र बीए (अनर्स) बिजनेस प्रशासनका ४८ जना गरी कुल २०० जना विद्यार्थी दीक्षित भएको कलेजले जनाएको छ ।
वार्षिक कार्यक्रम अनुसार कलेजले शुक्रबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई दीक्षित गरेको हो ।
दीक्षित उत्कृष्ट विद्यार्थीलाई आईएनजीले छात्रवृत्ति उपलब्ध गराएको छ । यस वर्ष आईएनजी छात्रवृत्तिका लागि सारीका दाहाल र स्रिजा पोखरेल सम्मानित भएका थिए ।