खोटाङ । खोटाङमा ५ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
शनिबार नजिकै रहेको आफन्तको घरमाखेल्न गएकी बालिका बलात्कृत भएकी हुन् ।
मोबाइलमा अश्लील भिडियो देखाएर बालिकालाई बलात्कार गर्ने जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई प्रहरीले पक्राउ गरेको छ ।
बालिकाको योनिबाट निरन्तर रक्तस्राव भइरहेको अवस्थामा प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगिएको थियो । चिसापानीबाट रेफर गरिएपछि बालिकालाई उपचारका लागि रातारात उदयपुर लगिएको हो । बालिकाको अवस्था चिन्ताजनक रहेको बालिकाको उदयपुर जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको छ ।
बालिका बलात्कार गरेर लुकिछिपी बसिरहेका राईलाई शनिवार राति नै पक्राउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।