झापाको त्रिवेणी होटलबाट एक युवती सहित दुई जना पक्राउ

न्युजलय १४ असोज २०८०, आइतबार १०:४९ मा प्रकाशित

झापा । झापाको बिर्तामोड नगरपालिका ५ स्थित त्रिवेणी होटल एण्ड लजबाट प्रतिबन्धित लागु औषधसहित दुई जना पक्राउ परेका छन् । 


इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले टोलीले बिर्तामोड ४ का २१ वर्षीय उत्तम दर्जी र इलामा सुर्योदय नगरपालिका २ घर बताउने २० वर्षीया सन्ध्या विश्वकर्मालाई शनिबार अपरान्ह पक्राउ गरेको हो । 


प्रहरीले टोलीले सो होटलमा खानतलासी गर्ने क्रममा उनीहरुको साथबाट १ ग्राम ९ सय मिलिग्राम ब्राउन सुगर, ३ थान मोबाइल र ५ हजार ५ सय रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।