घट्यो सुनको मूल्य

न्युजलय ३१ साउन २०७९, मङ्गलबार ०५:५९ मा प्रकाशित

काठमाडौँ । मंगलबार(आज) सुनचाँदीको मूल्य घटेको छ ।

सोमबार प्रतितोला ९७ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा सात सय रुपैयाँले घटेर ९६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेर एक हजार २२० रुपैयाँ कायम भएको छ ।