खोटाङ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माको एक घरमा आगलागी हुँदा १५ लाख रुपैयाँभन्दा बढी क्षति भएको छ ।
टेम्माका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा उनको घरसहित सम्पूर्ण सामान जलेर नष्ट भएको हो ।
जस्तापाताले छाएको तीन तले घर, नगद एक लाख ५० हजार रुपैयाँ, डेढ तोला सुन, १४ तोला चाँदी, जग्गा धनीपुर्जासहित कागजात, लत्ताकपडा, भाँडाकुडा, अन्न, काठपातलगायतका सामग्री जलेर नष्ट भएको हो ।