१० फाल्गुण २०७८ मंगलवारको राशिफल

न्युजलय १० फाल्गुण २०७८, मङ्गलबार ०७:०१ मा प्रकाशित

मेष । आज आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । लगानीमा रहेको रकम फिर्ता पनि आउनसक्छ ।

बृष । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति नै हुनेछ ।

मिथुन । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

कर्कट । विपरित वर्गबाट विशेष सहयोग मिल्ला । पारिवारिक साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । नयाँ योजना पनि अघि बढ्नेछ ।

सिंह । आज घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । सेयरबजारका कारोबारबाट लाभ पनि मिल्नेछ ।

कन्या । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ ।

तुला । आज दैनिक कार्यमा प्रगति हुनेछ । प्रतिस्पर्धा वा परीक्षामा सफलता मिल्नेछ । आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित हुनसक्छ ।

बृश्चिक । आज निर्णय कार्यान्वयन हुन सक्दैन । आत्मबलमा कमी आउनेछ । मनमा दुबिधा उत्पन्न हुनेछ र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ ।

धनु । आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । आम्दानीका मार्ग बढ्ने छन् र आयका नयाँनयाँ स्रोतहरू प्राप्त हुनेछन् ।

मकर । आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।

कुम्भ । लाभहानी, आयव्यय, सुखदुख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा समेत प्राप्त हुने देखिन्छ ।

मीन । मन भावुक र उत्ताउलो बन्नसक्छ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकायको भय पनि रहला ।