इटहरी । इटहरीमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गढी गाउँपालिका–२ बस्ने २४ वर्षीय मोहमद अफ्रोज मियाँ रहेका छन् । उनको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।
इटहरी –८ स्थित मन्जिल प्रधानको घरको छतमाथि चढेर सिटि सफारी बोलाउने क्रममा नजिकै रहेको विद्युतको तारबाट करेन्ट लाग्दा उनको मृत्यु भएको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।