इटहरी । प्रथम कस्तुरी अन्तर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि इटहरीको शिक्षादिप एकेडेमीले जितेको छ ।
इटहरीकै सुषमा गोदावरी स्कुललाई ८ विकेटले पराजित गर्दै शिक्षादिपले उपाधि जितेको हो । विजेता शिक्षादिपले नगद १५ हजार र उपविजेता सुष्माले १० हजार पुरस्कार पाएका छन् ।
तेस्रो स्थान हासिल गर्ने खनारको शारदा स्कुलले ६ हजार रुपैयाँ हात पारेको छ ।
पुस ७ गते देखी चलेको प्रतियोगितामा सुनसरीका दुई दर्जन बढी विद्यालयको सहभागिता रहेको थियो ।