काठमाडौं । बिहीबार(आज) सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ। योसँगै सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ कायम भएको छ।
आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर १ हजार १८० रुपैयाँ कायम भएको छ।