सुनसरी । एन्फा मोरङ बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । आज मंगलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा पाहुना टोली बङ्गलादेशको केबिपीएस क्लबलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै एन्फा मोरङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
धरान रङ्गशालामा भएको खेलमा निर्धारित ९० मिनेटमा दुवै टिमले गोल गर्न नसकेपछि पेनाल्टी सुट आउट भएको हो । आजको खेलसँगै सेमिफाइनल समीकरण पनि पुरा भएको छ ।
आजको विजेता एन्फा मोरङले अगामी बिहीबार दोस्रो सेमिफाइनल खेलमा एभिनियर फुटबल क्लब क्यामरुन सँग प्रतिस्पर्धा गर्नेछ ।
एभिनियर बागमती युवा क्लब सर्लाहीलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरिसकेको छ । त्यसअघि भोलि बुधवार काँकडभिट्टा फुटबल टेनिङ सेन्टर झापा र युकेएफसी भारतबिच प्रतिस्पर्धा हुनेछ ।