मिस्टर एण्ड मिस थारुको अडिसन आजबाट शुरु, २१ गते झुम्कामा

न्युजलय २१ साउन २०७९, शनिवार ०३:३२ मा प्रकाशित

काठमाडौं  । ‘मिस्टर एण्ड मिस थारु–२०२२’ प्रतियोगिता हुने भएको छ । 

थारु समुदायको उक्त सौन्दर्य प्रतियोगिता थारु बस्ती रहेको देशका मुख्य शहरमा साउन २१ गतेदेखि अडिसन सुरु हुने बताइएको छ । 

चौथो संस्करणको रुपमा आउँदो भदौ महिनामा ग्राण्ड फिनाले आयोजना गर्ने आयोजकले जनाएको छ । 

आयोजकले एक महिना अघिदेखि नै आवेदन खुला गरिसकिएको जनाएको छ । अडिसनको अघिल्लो दिनसम्म सहभागीले आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । 

प्रतियोगितामा सहभागी हुन चाहने युवायुवतीले आधिकारिक वेबसाइट रजिष्ट्रेशन डट कम जहइन्टरटेनमेन्ट कममा गएर आवेदन दिन सकिने अयोजकले जनाएको छ ।  

खल्ती एप मार्फत् पनि आवेदन दिन सकिने आयोजको भनाइ छ । खल्ती एपबाट आवेदन दिंदा १० प्रतिशत छुटको व्यवस्था रहेको छ भने आवेदन शुल्क ६०० रुपियाँ तोकिएको आयोजकले जनाएको छ ।

साउन २१ गते शनिबार सुनसरीको झुम्का , साउन २४ गते मंगलबार मोरङको विराटनगर, सिरहाको लहान र कैलालीको टीकापुरमा र साउन २८ गते शनिबार काठमाडौं, दाङ र बुटवलमा अडिसन हुने अयोजकले जनाएको छ ।

अडिसनबाट छनोट भएकालाई भदौमा अभिमुखीकरणमा सहभागी गराइने बताइएको छ । त्यसलगत्तै प्रतियोगिताको ग्राण्ड फिनाले हुने र प्रतियोगिताका प्रथम बिजेताले ५० हजार नगद, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपियाँ नगद र अन्य उपहार प्रदान गरिने बताइएको छ । 

प्रतियोगिता सन् २०१७ देखि सुरु गरिएको हो ।