झापा । झापाको कचनकवल गाउँपालिकामा हात्ती आक्रमणका कारण दैनिक एक परिवार विस्थापित भएको तथ्यांक प्राप्त भएको छ ।
ज्यान जोगाउनका लागि विगत चार वर्षको अवधिमा एक हजार छ सय आठ घर परिवार बसाई सरेको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
उनीहरुमध्ये कतिपयले आफ्नो घरबार छाडेर अन्यत्र डेरा गरी बस्न थालेका छन् । जङ्गली हात्तीको हुल दैनिकजसो बस्तीमा पस्न थालेपछि गाउँमै बस्न सक्ने अवस्था नै नरहेको स्थानीयवासीको भनाइ छ ।