काठमाडौं । चिनियाँ वैज्ञानिकहरूले चन्द्रमाको सतहमुनि पानी फेला पारेको दाबी गरेका छन् । उनीहरूले पानीलाई काँचको मोतीले ढाकेको समेत बताएका छन् । चिनियाँ वैज्ञानिकहरूका अनुसार चन्द्रमाबाट चाङ ५ रोभर मिसनले ल्याएको नमुना जाँच गर्दा त्यसमा माइक्रोस्कोपिक काँचको मोती रहेको भेटिएको हो । विभिन्न धातुहरू पग्लिएर बनेका ती मोतीहरुबाट पानी निकालेर भविष्यमा चन्द्रमामा मानव बस्ती स्थापना गर्न सकिने अपेक्षा गरिएको छ ।
यी काँचका मोतीहरूलाई ग्लास स्फेरूल्स या इम्प्याक्ट ग्लासेस या माइक्रोटेक्टाइटिस भनिन्छ। लाखौं किलोमिटर प्रतिघण्टाको गतिमा उल्कापिण्ड चन्द्रमासँग ठोक्किएपछि यी बन्छन्। जसका कारण चन्द्रमाको वायुमण्डलमा माटो छिटो उड्छ । यहाँ टक्करले धेरै गर्मी उत्पन्न गर्दछ, जसको कारण सिलिकेट खनिजहरू पग्लिन्छन्। त्यसपछि तिनीहरू चिसो हुन्छन् र गोलो काँचको मोतीहरूमा परिणत हुन्छन्।