म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

न्युजलय १५ चैत २०८१, शनिवार १२:५१ मा प्रकाशित

काठमाडौँ । शुक्रबार म्यानमार र थाइल्याण्डमा गएको शक्तिशाली भूकम्पपछि ठूलो क्षति भएको छ । 

पछिल्लो विवरण अनुसार म्यान्मारमा मृत्यु हुनेको संख्या एक हजार २ पुगेको छ । म्यानमारको सरकारी मिडियाले भूकम्पबाट घाइते हुनेको संख्या २३७६ पुगेको छ । मृतक र घाइतेहरूको संख्या बढ्ने अनुमान गरिएको छ ।

७.७ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु म्यानमारको दोस्रो ठूलो शहर मन्डले नजिकै थियो । रिपोर्टका अनुसार दिउँसो १२ बजेतिर भूकम्पको धक्का महसुस भएको केही समयपछि ६.४ म्याग्निच्युडको भूकम्प पनि गएको थियो ।

भूकम्पले थाइल्यान्डमा पनि ठुलो असर गरेको छ । बैंकक प्रहरीले दिउँसो थाई राजधानीमा गएको ७.७ म्याग्निच्युडको भूकम्पमा निर्माणाधीन एउटा गगनचुम्बी भवन भत्किएको बताएको छ ।

सो भवनमा कम्तिमा १५ जना अझै सकुशल रहेको र उनीहरुको उद्धारको प्रयास जारी रहेको थाई मिडियाहरुले उल्लेख गरेका छन् ।

शक्तिशाली भूकम्पपछि म्यानमार र थाइल्याण्डमा आपतकाल घोषणा गरिएको छ ।