प्रदेश १ मा आज थप १०७ जनामा कोरोना पुष्टि

न्युजलय ९ कार्तिक २०७८, मङ्गलबार ०६:५० मा प्रकाशित

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।


५६२ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १७५ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३६, मोरङमा ३१, सुनसरीमा १०, उदयपुरमा ३, इलाममा २ र सङ्खुवासभामा १ जनामा सङ्क्रमण देखिएको हो ।

 

प्रदेश १ मा आज ६६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३२ महिला र ३४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।