सुनसरी । सुनसरीको भोक्राहानर्सिङ गाउँपालिका–३ फुलचोक स्थितमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ ।
बिहिबार दिउँसो को २ त ४२५० नम्बरको ट्याक्टरले खेत जोत्ने क्रममा अचानक पल्टदा चालक स्थानीय २२ वर्षीय पवन यादव गम्भिर घाइते भएका थिए । उनलाई उपचारको लागि सप्तकोशी न्युरो अस्पताल भोक्राहा सुनसरी लगिएकोमा अस्पताल पुर्याउन साथ मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।