बढ्यो सुनको मूल्य

न्युजलय १२ असार २०७९, आइतबार ११:४२ मा प्रकाशित

काठमाडौं । आइतबार(आज) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । 

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ छ । शुक्रबार छापावाल सुनको मूल्य ९७ हजार २०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९६ हजार ७०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको जानकारी दिएको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २४५ रुपैयाँ छ ।