काठमाडौं । मन्त्रीहरु कुलमान घिसिङ र ओम प्रकाश अर्याल इलाम जाने कार्यक्रम स्थगित भएको छ ।
पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आज ११ बजे इलाम जाने तयारी रहेकोमा आजलाई कार्यक्रम स्थगित भएको हो । काठमाडौबाट भद्रपुरसम्म प्लेनमा जाने र त्यहाँबाट हेलिकप्टरमा इलाम जाने तयारी थियो ।
तर काठमाडौंबाट भद्रपुर जाने प्लेनको टिकट नपाएपछि यात्रा रोकिएको हो । ११ बजेभन्दा अगाडिको टिकट नपाएका कारण आजलाई इलाम यात्रा नभएको बताइएको छ । राहत सामग्री समेत बोकेर छिट्टै इलाम जाने अर्को कार्यक्रम बनाउने मन्त्रालयका एक अधिकारीले बताए ।
असोज १८ गतेको भिषण वर्षाले इलाममा ३७ जनाको मृत्यु भइसकेको छ । कयौं घाइते र बेपत्ता छन् ।