टी–२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाद्वारा भारत पराजित

न्युजलय १४ कार्तिक २०७९, सोमबार ०२:४२ मा प्रकाशित

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई हराएको छ । पर्थमा भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हरायो । 


भारतले दिएको एक सय ३४ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायो । उसका डेभिड मिलरले ५९ र एडन मारकरमले ५२ रन बनाए । बलिङतर्फ भारतका अर्शदीप सिंहले २ विकेट लिए । 


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १ सय ३३ रन बनायो । उसका सूर्यकुमार यादवले ६८ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले ४ र वेन पार्नेलले ३ विकेट लिए । 


यो जितसँगै दक्षिण अफ्रिका ३ खेलमा ५ अङ्कसहित समूह ु२ु को तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । भारत ३ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ ।