मोरङ । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा सब इन्जिनियरको मृत्यु भएको छ ।
मोरङको ग्रामथानस्थित सडकमा रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा सब इन्जिनियर ओभरसियरको मृत्यु भएको हो ।
विराटचोक–घिनाघाट सडक खण्डअन्तर्गत सुन्दरहरैँचाबाट विराटनगरतर्फ जाँदै गरेको को १ ब १३८४ नम्बरको सरकारी मोटरसाइकल ग्रामथान गाउँपालिका ५ तेतरिया चोकमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ३५ वर्षीय मोहम्मद मुक्तार खानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सडकको साइडमा रोकेर राखेको ना ५ ख ७०७९ नम्बरको टिपरको पछाडिको भागमा मोटरसाइकल ठोक्किर दुर्घटना भएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार खान ग्रामथान गाउँपालिकाका सब ओभरसियर हुन् । सप्तरी घर भएका उनी विराटनगरमा कोठाभाडामा बस्दै आएका थिए ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।