कोशी प्रदेशमा १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार

न्युजलय १४ माघ २०८०, आइतबार ०८:०२ मा प्रकाशित

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशभरिका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरू गरेको छ ।


प्रदेश स्वास्थ्य मन्त्रालयले सबै सरकारी अस्पताल, प्रदेश अस्पताल र चार वटा निजी अस्पतालबाट यस्तो सुविधा दिन थालेको हो । 


हाम्रो अस्पताल, विराट शिक्षण अस्पताल, नोबेल शिक्षण अस्पताल, काठमाडौं इन्टिच्यूट अफ चाइल्ड हेल्थ दमकबाट निःशुल्क सेवा पाउनेछन् ।


मुख्यमन्त्री कार्कीले बच्चा अस्पतालमा भर्ना गरेर अभिभावकले ऋण खोज्न जाने दिनको आजबाट कोशी प्रदेशमा अन्त्य भएको बताएका छन् । 

कोशी प्रदेशमा ५ वर्षमुनिका एक हजार बालबालिकामध्ये ३४ जनाको मृत्यु हुने गरेको बाल मृत्यु दर कोशी प्रदेशमा रहेको मन्त्रालयले जनाएको छ ।