काठमाडौँ । यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिआ कोरिना मचाडोलाई प्रदान गरिने भएको छ।
नर्वेली पुरस्कार समितिले मचाडोलाई ‘आँटिली र शान्तिप्रति प्रतिबद्ध अगुवा’ भन्दै उनले प्रजातन्त्रका पक्षमा निर्वाह गरेको भूमिका लागि पुरस्कृत गर्ने निर्णय गरेको हो।
उनी नोबेल शान्ति पुरस्कार पाउने बीसौँ महिला हुन्। सन् १९०१ देखि अहिलेसम्म १०६ पटक यो पुरस्कार घोषणा भएको छ। अहिलेसम्म ११२ व्यक्ति र ३१ वटा संस्था पुरस्कृत भएका छन्।
आगामी डिसेम्बर १० मा विजेतालाई पुरस्कार वितरण गरिने छ।
यो वर्ष शान्ति पुरस्कारका लागि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको नाम निकै चर्चामा थियो। उनी लामो समयदेखि उक्त पुरस्कारका आकाङ्क्षी भएको बताइन्छ। केही महिनाअघि उनले आफूले विभिन्न युद्धहरू अन्त्य गराएको दाबी पनि गरेका थिए।